सदरलाइनडटकम,
नेपालगञ्ज : संघीय समाजवादी फोरम बाँकेका प्रवक्ता समशुल हक राईलाई पितृ शोक परेको छ । शहरी विकास मन्त्री मो. इस्तियाक राईका स्वकीय सचिवसमेत रहेका प्रवक्ता राईका बुवा मुस्तकिम कवडियाको ६७ बर्षको उमेरमा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।
कवडिया दुईबर्षअघि दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । दुर्घटनाका कारण छातीमा समस्यया भएको थियो । राईको साईगाउँस्थित निवासमा आईतवार इस्लाम धर्मानुसार अन्तिम संस्कार गरिएको छ ।


