सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा बुधवारदेखि खेलकुद प्रतियोगिता शुरु भएको छ । शहिद दिवसको अवसरमा आयोजित ब्याडमिण्टन प्रतियोगिताको नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापा, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र वडा नम्बर १८ का अध्यक्ष दिपक बर्माले उद्घाटन गरे ।
१९ गतेसम्म हुने प्रतियोगितामा मैत्रीपुर्ण फूटबल, महिला कुस्ती र घैटोफोड खेल हुने वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।


