सदरलाइनडटकम,
काठमाण्डौ : हृदयघातका कारण भारतमा एक क्रिकेट खेलाडीको खेलकै क्रममा ज्यान गएको छ । गोवाबा रणजी ट्रफीसमेत खेलिसकेका क्रिकेट खेलाडी राजेश घोडगेको खेलकै क्रममा हृदयघातबाट ज्यान गएको हो ।
मडगाउँको राजेन्द्रप्रसाद स्टेडियममा एक स्थानीय प्रतिस्पर्धामा यो घटना भएको थियो । प्रतिस्पर्धा भैरहेको बेला करिब तीन बजे ४७ वर्षीय पूर्व खेलाडी हृदयघातका कारण मैदानमै लडेका थिए ।उनले एमसीसी ड्रयागन्सविरुद्ध एमसीसी च्यालेन्जर्सका लागि खेलिरहेका थिए ।
त्यहाँ भएका अन्य खेलाडीले दिएको जानकारी अनुसार घोडके अचानक ढलेका थिए । त्यसपछि उनलाई नजिकैको अस्पताल भर्ना गरिएको थियो । जहाँ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
(एजेन्सीको सहयोगमा)


