उच्च अदालत बारको सय दिने उपलब्धी

१२ पुष २०७५, बिहीबार १७:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनले सय दिने कार्यकालको उपलब्धी सार्वजनिक गरेको छ । बिहीवार पत्रकार सम्मेलन गरी बारका अध्यक्ष विकास आचार्यले बारको सम्पूर्ण गतिविधि देखिने खाका तयार गरेर सबै कानून व्यवसायीहरुका बीचमा श्वेतपत्र जारी गरिएको जानकारी दिए ।
नेपालगञ्ज उच्च अदालत बारले कानून ब्यवसायीको जीवन विमाको तयारी गरेको, क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको, कल्याणकारी कोष लागु हुने चरणमा रहेको, ग्रुप म्यासेजमार्फत बारका हरेक गतिविधी सदस्यलाई जानकारी गराउन लागिएको लगायतका कार्यक्रम सयदिने उपलब्धीको रुपमा सार्वजनिक गरिएको छ ।
कानून ब्यवसायी माझ बिहीवारनै सार्वजनिक भएको श्वेतपत्रमा बारको अहिलेको अवस्था र आगामी दुई बर्षभित्र कस्तो बनाउने भन्ने उल्लेख गरिएको बारका अध्यक्ष आचार्यले बताए । बारले माथिल्लो तल्ला थप गर्ने र पुस्तकालय बनाउने सम्बन्धमा सरोकारवाला पक्षसँग अल्पकालिन र दीर्घकालिन योजना बनाई अगाडी बढ्ने भएको छ ।
बारको विधानअनुसार कार्य समिति सदस्य कुसुमा बस्नेतलाई सहसचिवमा मनोनयन गरिएको छ । भदौं १६ गते भएको बारको अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको थियो । आचार्य नेतृत्वको नयाँ कार्य समितिले असोज ३ गते पदभार ग्रहण गरेको थियो ।
पत्रकार सम्मेलनमा बारका उपाध्यक्ष रामगोपाल कुर्मी, सचिव चित्रबहादुर शाही, सहसचिव कुसुमा बस्नेत, कोषाध्यक्ष सुदीप भट्टराई, निवर्तमान अध्यक्ष बलबहादुर चन्द, पूर्व अध्यक्ष ईश्वरी ज्ञवालीलगायत उपस्थित थिए ।

Next Post

राप्तीसोनारीको सार्वजनिक सुनुवाई सम्पन्न

१२ पुष २०७५, बिहीबार १७:१७
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाले बिहीवार प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिका कार्यालय अगैयामा आयोजित सार्वजनिक सुनुवाईमा तीन वटा महत्वपुर्ण विषयमा प्रतिवद्धता ब्यक्त गरिएको थियो । सक्सेस फोरमको सहजीकरणमा गरिएको सार्वजनिक सुनुवाईमा गाउँपालिकाले अबको एक हप्ताभित्रमा गुनासो सुन्ने अधिकारी र सुझाव पेटिका गाउँपालिका कार्यालय र मातहतका वडा […]