मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधी कार्यक्रम शुभारम्भ

१२ माघ २०७४, शुक्रबार १९:२५
 

सदरलाइन / शेरबहादुर केसी, 
१२ माघ, सुर्खेत  : मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर, सुर्खेतले ब्यवस्थापन सङ्कायतर्फ विद्यावारिधी (पीएचडी) कार्यक्रम शुभारम्भ गरेको छ । विश्वविद्यालयले सरकारका नवनियुक्त प्रदेश प्रमुख, प्रतिनिधिसभा तथा प्रदेशसभाका नवनिर्वाचित सांसद र सम्बन्धित विषयका विज्ञहरुको उपस्थितिमा सो कार्यक्रमको विधिवत् उद्घाटन गरेको हो ।
कार्यक्रमाका प्रमुख अतिथि ६ नं. प्रदेश प्रमुख दुर्गाकेशर खनालले आफ्नै घर, आँगनमा उच्च शिक्षा प्राप्त गर्ने मध्यपश्चिमवासीको तीन दशक यताको सपना पूरा भएको बताए उनले आगामी दिनमा जननिर्वाचित प्रतिनिधिहरुको पूर्ण सहयोग र विश्वविद्यालय नेतृत्वको सक्रिय भूमिकाबाट यसले काँचुली फेर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा सुर्खेत क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावतले यस क्षेत्रको समग्र विकाससँगै विश्वविद्यालयको बृहत्तर विकासमा आफू सदासर्वदा क्रियाशिल रहेने स्मरण गराए । नवनिर्वाचित सांसद रावतले विकासका लागि बजेट नभई योजना र इच्छाशक्ति मुख्य कुरा भएको बताए ।
एमाले नेता समेत रहेका रावतले आफू जिल्ला विकास समितिको उपसभापति हुँदा होस् वा पार्टी प्रमुखका रुपमा विश्वविद्यालयका लागि विगतमा गरेको योगदानको जगमा टेकेर अबको पाँच वर्षमा नयाँ उचाइमा पु¥याउने प्रतिबद्दता ब्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता गरेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नेतृत्वका हिसाबले कसैको दवाव र प्रभावमा नपरी शैक्षिक रथ हाँकिरहेको बताए ।
उपकुलपति प्रा.डा.कोइरालाको कथन थियो–‘हामी जे निर्णय गर्छौं ती केवल कागजमा सीमित राख्दैनौं, ऐतिहासिक महत्वका निर्णय कार्यान्वयन गरेरै छाड्छौं । जसको ज्वलन्त प्रमाण आजको कार्यक्रम हो ।’
व्यवस्थापन संकायका डीन मस्तबहादुर गरंजाको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अन्य अतिथिहरु प्रदेशसभाका सांसदद्वय ठम्मर विष्ट, दीनबन्धु श्रेष्ठ, विज्ञहरुको तर्फबाट प्रा.डा.प्रेमराज पन्त र विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लले मन्तव्य राखेका थिए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा ६नं.प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाह, त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा ब्यवस्थापन संकायका पूर्व डीन प्रेमराज पन्त, काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका प्रा.डा.विजय केसी, राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक पुष्कर बज्राचार्य, त्रिभुवन विश्वविद्यालय एमफील–पीएचडी कार्यक्रमका निर्देशक प्रा.डा.माधवराज कोइराला, सबै संकायका डीन, निर्देशक, क्याम्पस प्रमुख लगायत प्राध्यापक,कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उपप्राध्यापक विष्णुकुमार खड्काले गरेका थिए ।
यसैबीच प्रदेश नंं.६ प्रमुख दुर्गाकेशर खनाल, सुर्खेत क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावत, दैलेख–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजबहादुर बुढा, सुर्खेत क्षेत्र नं.१ अन्तर्गत प्रदेशसभा क बाट निर्वाचित सांसद ठम्मर विष्ट, प्रदेशसभा सांसदहरु सिता नेपाली, पुष्पा घर्ती, कृष्णा शाह, दीनबन्धु श्रेष्ठ, यज्ञबहादुर विसी र अमृता शाहीलाई विश्वविद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको छ ।

Next Post

भेरी अञ्चल अस्पताल परिसरमा बृहद सरसफाई (फोटो फीचर)

१२ माघ २०७४, शुक्रबार १९:२५
सदरलाइनडटकम १३ माघ, नेपालगन्ज : नेपालगन्ज क्लिन एण्ड ग्रीन अभियान तथा भेरी अञ्चल अस्पताल नेपालगन्जको संयुक्त आयोजनामा भेरी अञ्चल परिसरमा शनिबार बृहद सरसफाई गरिएको छ । अभियानका संयोजक तथा नेपाल चिकित्सक संघ भेरीका नव निर्वाचित अध्यक्ष डा. बिनोद कर्ण, भेरी अञ्चल अस्पताल अस्पताल विकास समितिका अध्यक्ष डा.उषा शाह, निमित्त मेडिकल […]

सम्बन्धित