उपमहानगरपालिकामा शिक्षा नीति निर्माणको पहल

२४ चैत्र २०७४, शनिबार १८:००
 

सदरलाइनडटकम
२४ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले समग्र शैक्षिक नीति निर्माणको पहल गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाले नगरको शैक्षिक गतिविधि सञ्चालन तथा सुधारका लागि शनिबारदेखि औपचारिक र नीतिगत पहल शुरु गरेको हो । नेपालगन्जमा जारी दुई दिने उप–महानगरपालिकाको शिक्षा नीति निर्माण विषयक कार्यशाला गोष्ठीमा आएका सुझावलाई ग्रहण गर्दै उप–महानगरपालिकाले शैक्षिक नीति निर्माण गर्न लागेको उपप्रमुख उमा थापामगरले बताईन ।
उनले सो कार्यक्रममा शिक्षाविद, सम्वद्ध अधिकारी, नगरका वडा अध्यक्ष, विभिन्न विद्यालयका प्राध्यापक, शिक्षक, सामाजिक संघ सस्थाका अगुवा सहभागि रहेर उनीहरुले विभिन्न शैक्षिक विकासको अवधारणा प्रस्तुतीका साथै सो विषयमा व्यापक छलफलका साथ शिक्षा नीतिको मस्यौदा निर्माणसमेत गरिने भएको जानकारी दिईन ।
कार्यशाला शुभारम्भ गर्दै नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले मानव विकासको अभिन्न अंग शिक्षालाई विधि, प्रक्रिया र नियमसंगत बढाइनु पर्नेमा जोड दिए । उनले शिक्षालाई अल्पकालीन र दिर्घकालिन सुधारका साथ प्रभावकारी नीति निर्माणको आवश्यक्ता औल्याए ।
नगर उपप्रमुख थापामगरले सरकारले शिक्षालाई प्राथमिकता दिएसँगै सोे अनुरुपका कानून र नीतिहरु पनि अविलम्व निर्माण गरेर कार्यान्वयनको बातावरण सिर्जना गर्नुपर्ने बताईन ।
उप–महानगरपालिकाका तर्फबाट शिक्षा प्रमुख इश्वर पौडेलले समग्र शैक्षिक अवस्था, चुनौतीका बारे प्रकाश पारे भने दातृ निकाय सेभ द चिल्ड्रेनका तर्फबाट एक्टिङ प्रोग्राम म्यानेजर आत्मराम भटराईले शिक्षाको प्राथमिकताका बारेमा बोलेका थिए । सेभ द चिल्ड्रेनकै प्रमुख विरेन्द्र ठगुन्नाले स्वागत गर्दै कार्यक्रमको उद्येश्यमाथि प्रकाश पारेका कार्यक्रमा शिक्षा अधिकारी भिम बहादुर साउँदले शैक्षिक नीतिबारे आफनो धारण राखेका थिए ।
कार्यशालामा शिक्षाविद डा विद्यानाथ कोइरालाले शैक्षिक नीति, ऐन, प्रावधान, चुनौती लगायतका विषयमा आफ्नो प्रस्तुती राखेपछि समूहगत छलफल भएको थियो ।

Next Post

पढाईसँगै पुर्खेउली पेशा सिक्दै बालबालिका

२४ चैत्र २०७४, शनिबार १८:००
सदरलाइन / रुद्र सुवेदी, सुनिता बर्मा २४ चैत, नेपालगन्ज : पढाईसंगै पुर्खेउली पेसा सिक्नको लागि बालकालिकाहरु त्यत्तिनै मात्रामा सक्रिय छन् । बाँके नेपालगन्ज–२३ हिरिमिनीयाका ११ वर्षिय मंगल सोनार सनराइज इग्लिस मिडियम भाटनपुर कक्षामा १ मा पढ्छन् । उनी सधै स्कुल जान्छन् र बिदाको दिन बुवासँग चाँदीको गरगहना बनाउन सिक्दछन् । […]