महिला तथा बालबालिका सेलको आईजिपीद्धारा उद्घाटन

१६ चैत्र २०७४, शुक्रबार १४:०७
 

सदरलाइनडटकम
१६ चैत, नेपालगन्ज  : नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्यालले शुक्रबार नेपालगन्जमा महिला तथा बालबालिका सेवा केन्द्रको आधुनिक भवनको उद्घाटन गरेका
छन् । नेपाल सरकार र एशियाली विकास बैंक सहयोगमा झण्डै डेढ करोड लागतमा निर्माण भएको भवनको प्रहरी महानिरिक्षक अर्यालले उद्घाटन गरी सेललाई हस्तान्तरण गरे ।
सो कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक अर्यालले महिला तथा बालबालिकाका सवालमा गम्भीर भएर अनुसन्धान गर्न र पीडितलाई न्याया, पीडिकलाई सजाय दिलाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।


उनले महिला तथा बालबालिकाका सवालमा शुन्य सहनशिलता अपनाइएको भन्दै लापरवाही गर्ने कडा कारवाही गर्ने चेतावनी दिए । उनले भने,—‘ यस्ता घटनामा लापरवाही गरे जुनसुकै हदसम्म पुगेर कारवाही गरिन्छ ।’
प्रहरी महानिरिक्षक अर्यालले सिमित साधान स्रोतलाई अधिकतम् उपयोग गरेर जनलाई सेवा दिनुपरिरहेको बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपयमेयर उमा थापामगर, ५ नम्बर प्रदेश नेपालगन्ज इकाई प्रमुख महेस बिक्रम शाह लगायतले मन्त्व्य व्यक्त गरेका थिए । सो अवसरमा महिला तथा बालबालिकाका सवालमा काम गरेको भन्दै रचना श्रेष्ठ, द्धारिका चौधरी, केशव कोइराला, प्रभातसिंह ठकुरी, आशिष बर्मा, रुपा गहतराज लगायतलाई सम्मान गरिएको थियो । १ रोपनी १० आनामा फैलिएको उक्त भवनमा १७ कोठा रहेका छन् । भवन निर्माण पछि महिला तथा बालबालिकाका बिषयमा जोडिने घटनाहरुको अनुसन्धान गरी दोषीलाई कारवाही र पीडिकलाई सजाय दिन सहज हुने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामागंले जानकारी दिए ।

Next Post

जनस्वास्थ्यकाे अायाेजनामा गंगापुरमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम

१६ चैत्र २०७४, शुक्रबार १४:०७
सदरलाइनडटकम १६ चैत, नरैनापुर (बाँके) : बाँके नरैनापुर गाउँपालिका वडा नं. ६ गंगापुरका ७६ वर्षिय बरसाती दर्जी शरिर दुख्ने, आँखामा जहिले पनि बादल लागेको जस्तो समस्या लिएर गाउ कै स्वास्थ्य चौकीमा पुगे । उनले स्वास्थ्य उपचार गरेर फर्कदा हातमा औषधिका साथमा छाता र टर्चलाईट पनि बोकेर फर्के । उनी जस्तै […]

सम्बन्धित