बाँके प्रहरीलाई आईजिपी खनालको निर्देशन

१२ पुष २०७५, बिहीबार १७:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीवार जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गरी प्रहरी कर्मचारीलाई विशेष निर्देशन दिएका छन् ।
अनुचित प्रभावमा नपर्न विशेष निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कसैको कुनैपनि प्रभावमा पर्ने जुनसुकै तहको प्रहरी भएपनि कारवाही गर्ने चेतावनी दिएका छन् । उनले महिला तथा बालबालिका विरुद्धका घटनामा प्रहरी अझ बढि कडारुपमा प्रस्तुत हुनुपर्ने देखिएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीको सिआईबीका डिआईजी निरज शाहीसहित पुगेका प्रहरी महानिरीक्षक खनाललाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेललगायतले स्वागत गरेका थिए ।

Next Post

उच्च अदालत बारको सय दिने उपलब्धी

१२ पुष २०७५, बिहीबार १७:०८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनले सय दिने कार्यकालको उपलब्धी सार्वजनिक गरेको छ । बिहीवार पत्रकार सम्मेलन गरी बारका अध्यक्ष विकास आचार्यले बारको सम्पूर्ण गतिविधि देखिने खाका तयार गरेर सबै कानून व्यवसायीहरुका बीचमा श्वेतपत्र जारी गरिएको जानकारी दिए । नेपालगञ्ज उच्च अदालत बारले कानून ब्यवसायीको जीवन विमाको तयारी गरेको, […]