बाँकेमा दुई जना मोटरसाइकल चोर पक्राउ

सदरलाइन संवाददाता १५ मंसिर २०८०, शुक्रबार १२:४९
 

नेपालगञ्ज : बाँके प्रहरीले मोटरसाइकल चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ बस्ने बर्ष २३ को अजय सिंह बाडिया र वडा नम्बर ९ बस्ने बर्ष २० को रमेश भन्ने हरि सुनारलाई प्रहरील पक्राउ गरेको हो ।

नेपालगञ्ज ८ बस्ने अतहर हुसेन फारुकीले मोटरसाईकल चोरी भएको भनि जिल्ला प्रहरी कार्यालयमा सूचना दिए पश्चात खोज्ने क्रममा उक्त चोरी गरेको मोटरसाईकल रङ परिवर्तन गरी हरी सुनार र अजय सिंह बाडियाले प्रयोग गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।


दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही अघि बढाईएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता

१५ मंसिर २०८०, शुक्रबार १२:४९
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका ११ मा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण समूहद्धारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । एम.एड. चौथो सेमिस्टरका विद्यार्थीहरुले अभ्यास शिक्षणका क्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रवार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेका हुन् । एम.एड. चौथो सेमिस्टरका विद्यार्थी सरस्वती बरालको अध्यक्षतामा भएको कार्यक्रममा बागेश्वरी बहुमुखी […]