राष्ट्रपति ट्वीटरमा

२६ चैत्र २०७४, सोमबार १८:३८
 

सदरलाइनडटकम
२६ चैत, नेपालगन्ज :  राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डट अफएनपी रहेको छ ।
राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी छन् । राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ,सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !”


संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आउनुभएको छ ।
सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ । “नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनुभएको हो,” प्रमुख स्वकीय सचिव अधिकारीले भने ।

Next Post

नेपालगन्ज कप क्रिकेट प्रतियोगिताका टीम मालिक र आयोजक बीच सम्झौतापत्र हस्तान्त्रण

२६ चैत्र २०७४, सोमबार १८:३८
सदरलाइनडटकम  २६ चैत, नेपालगन्ज : कोहलपुरको क्रिकेट मंदनामा आगामी बैशाख ३ गतेबाट सुरु हुन गई रहेको ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिताको सहभागि ६ वटै टिमका मालिकहरुलाई सम्झौता पत्र हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर ५ मै पहिलो पटक गत चैत २० गते भएको टिम अक्सनबाट टिम खरिद गरिएका जीसान बांँके ब्लास्टर, […]