स्रोत नखुलेको २० लाखसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता २९ असार २०८०, शुक्रबार १६:१४
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट २० लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहाले उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।


भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा चालक भने मोटरसाइकलसहित भागेका थिए । मोटरसाइकल पछाडी बसेका कुरेशीले बोकेको सो रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको प्राथमिकता सरकार होइन : गौतम

२९ असार २०८०, शुक्रबार १६:१४
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले एमालेको पहिलो प्राथमिकता सरकार नभई पार्टी संगठन निर्माण भएको बताएका छन् । प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले अहिले एमालेको एकमात्र मिसन २०८४ मा हुने तिनै तहका निर्वाचनमा वहुमतको सरकार बनाउने […]