कोरोनाबाट बाँकेमा ८ जनाको ज्यान गयो

सदरलाइन संवाददाता ९ जेष्ठ २०७८, आईतवार १०:५३
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ५ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै बाँके बाहिरका छन् । कैलालीका ४ जना, दाङका २ जना तथा बर्दिया र सल्यानका १/१ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत बबई २ दाङका ९२ वर्षीय पुरुष, ठाकुरबाबा ७ बर्दियाका ३८ वर्षीय पुरुष, टिकापुर १ कैलालीका ६० वर्षीय पुरुष, टिकापुर ७ कैलालीका ३५ वर्षीय पुरुष र तुलसीपुर १ दाङकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत लम्कीचुहा ६ कैलालीकी ३३ वर्षीया महिला, जानकी ९ कैलालीकी ७५ वर्षीया महिला र शारदा १ सल्यानका ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २७३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २४० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो

९ जेष्ठ २०७८, आईतवार १०:५३
रोल्पा : रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटिएको छ । त्रिवेणी गाउँपालिका–२ रामपुर गाउँ नजिकैको बास घारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो । यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली […]