धुमधामका साथ १०८ औं अन्तराष्ट्रिय महिला दिवस मनाईयो

२४ फाल्गुन २०७४, बिहीबार १९:१३
 

सदरलाइनडटकम
२४ फागुन, नेपालगन्ज : १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस बाँकेमा पनि बिहीबार धुमधामका साथ मनाइएको छ । महिला तथा बालबालिका कार्यालयको संयोजनमा बिहीबार बिहान गणेशमान चोकबाट वृहत प्रभातफेरी तथा कोण सभा गरिएको छ ।
गणेशमान चोकदेखि जैसपुर चोकसम्म वाजागाजा र सचेतनामुलक नारासहित प्रभातफेरी गरि कोणसभा गरिएको थियो । प्रभातफेरीमा विभिन्न संघ संगठनको सहभागिता रहेको थियो ।
उच्च अदालत नेपालगन्जका न्यायधिश सारंगा सुवेदी, जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीवस्तव, नगर उपप्रमुख उमा थापामगर, महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह लगायतले शुभकामना दिएका थिए ।


 

Next Post

महिला दिवसमा नेपालगन्ज उप–महानगरपालिकाद्वारा जेष्ठ महिलालाई सम्मान

२४ फाल्गुन २०७४, बिहीबार १९:१३
सदरलाइनडटकम २४ फागुन, नेपालगन्ज : १०८ औं अन्तर्राष्टिय महिला दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले नगरक्षेत्र भित्रका जेष्ठ महिलाहरुलाई सम्मान गरेको छ । उपमहानगरले गरेका विभिन्न कार्यक्रमहरुमध्ये बिहीबार नगरका ८० वर्षमाथिका जेष्ठ महिलालाई दोसल्लासहित सम्मान गरेको हो । पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधि आएको र नागरिकप्रति पालिकाले गर्नुपर्ने दायित्व अन्तर्गत महिलाहरुलाई सम्मान […]