नेपालगञ्ज : डुडुवा गाउँपालिका वडा नं. ४ मा जनमत पार्टी बाँकेले वडा समिति गठन गरेको छ । प्रह्लाद लोनियाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा गुलाम रसूल अंसारी, सचिव आजम बागवान, कोषाध्यक्षमा श्रवण चौहान रहेका छन् ।
यस्तै रितिमा चौहान, लक्ष्मी लोनिया(चौहान), पवनकुमार कलवार, शंतराम चौहान, समशुद्दीन बागवान, रुपरानी गडरिया र रोज अलि साईलाई सदस्यम ाचयन गरिएको जनमत पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषले जानकारी दिए ।


कार्यक्रममा नेता रियाज अंसारी, हरपाल सिंह, मुजफ्फर शेष, शैलेन्द्र कुमार कर्ण, सफिक जसगड, जाबिर हल्वाई, राजू शेषलगायतको उपस्थिति रहेको थियो ।