७३ वर्षीया बृद्धाको सामूहिक बलात्कार, दुई जना पक्राउ

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १३:४६
 

दाङ : दाङको तुलसीपुरमा ७३ बर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीवार राति तुलसीपुर बसपार्क आइपुगेकी प्यूठानस्थित स्वर्गद्वारीकी ती ७३ बर्षीया महिलालाई ती दुई जनाले सहयोगको वाहानामा फकाएर बसपार्क भित्र पार्किङमा राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर सामुहिक बलात्कार गरिरहेकै अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार बलात्कारको शिकारमा परेकी ती महिलाको चीत्कार स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरिएको थियो । एक सेकेन्ड ढिला नगरेको प्रहरीले घटनास्थलबाटै बलात्कार गरिरहेकै अवस्थामा तुलसीपुर –१५ का ३० बर्षीय पुष्कर रोका र सल्यान कुमाख – ७ का २० बर्षीय रेशम बिकलाई पक्राउ गरेको हो ।


प्रहरीका अनुसार महिलामाथि बलात्कार गरिरहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट गएराति १२ बजेतिर नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालका अध्यक्ष शाहलाई जडिवुटी व्यवसायीको स्वागत

५ श्रावण २०८०, शुक्रबार १३:४६
नेपालगञ्ज : बाँकेस्थित भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्रबहादुर शाहलाई नेपाल जडिवुटी व्यवसायी संघ नेपालगञ्जले स्वागत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि शाहलाई गत असार २४ गते अध्यक्षमा मनोनित गरेको थियो । नेपाल जडिवुटी व्यवसायी संघ नेपालगञ्जले आयोजित एक समारोहका बीच अध्यक्ष शाहलाई स्वागत […]