बाँकेबाट डीएसपी मधुसुदन न्यौपानेको विदाई

सदरलाइन संवाददाता २३ श्रावण २०७९, सोमबार १६:३२
 

नेपालगञ्ज : केही दिनअघि सरुवा भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेलाई सोमवार बिदाई गरिएको छ ।

जिल्ला प्रहरी बाँकेमा सोमवार ’बिदाई तथा फेरि भेटौला’ कार्यक्रम गर्दै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा डीएसपी न्यौपानेको बिदाई गरिएको हो ।


बिदाई कार्यक्रममा बाँके प्रहरी प्रमुख अधिकारीले डीएसपी न्यौपानेलाई मायाको चिनो प्रदान गर्दै आगामी दिनको कार्यकालको शुभकामना व्यक्त गरेका थिए । बिदाई कार्यक्रममा ईलाका प्रहरी कोहलपुरका प्रहरी डीएसपी ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाह, ईलाका प्रहरी जमुनहाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक माधब रिजाल, जिल्लाभरका इकाई इन्चार्ज लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक चक्र डम्बर पालले गरेका थिए ।

एक बर्षअघि बाँकेमा सरुवा भई आएका डीएसपी न्यौपानेलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले गत श्रावण २० गते जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा गरेको थियो । अब उनले जिल्ला प्रहरी कार्यालय पर्वतको जिल्ला प्रहरी प्रमुखको कमाण्ड सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके युनेस्को क्लबका संरक्षक सिद्धिकीलाई नाईस अवार्ड

२३ श्रावण २०७९, सोमबार १६:३२
  नेपालगञ्ज :  बाँके युनेस्को क्लवका प्रमुख संरक्षक तथा  समाजसेवी प्रबेज अलि सिद्धिकी नाईस अवार्ड २०२२ बाट सम्मानित भएका छन् । नाईस नेपालगञ्जको आयोजनामा साउन २३ गते सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो । बिगत तीन दशकदेखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न […]

सम्बन्धित