वडा कार्यालयद्वारा मदरसाको अनुगमन

७ पुष २०७५, शनिबार १२:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिका वडानं. ४ का जनप्रतिनिधिले गणेशपुरमा रहेको मदरसा दारुलउलुम गुल्सने मदिनाको शनिबार अनुगमन गरेका छन् ।
वडा अध्यक्ष सफिक नद्दाफको नेतृत्वमा अनुगमनमा पुगेका वडाका जनप्रतिनिधि तथा स्थानीय अगुवालाई मदरसा व्यवस्थापन समितिले स्वागत गर्दै मदरसाको विभिन्न गतिविधि तथा समस्याहरुको जानकारी गराएको छ ।
कक्षा ४ सम्म अनुमति पाएको सो मदरसामा २ सय ८ विद्यार्थी अध्ययन गर्दै आएको मदरसाका प्रधानाध्यापक मौलाना नसरुदिन अन्सारीले मदरसा सञ्चालनमा आएका समस्याको बारेमा जानकारी गराएका थिए ।
उनले मदरसामा ६ जना शिक्षक÷शिक्षिका तथा एक कार्यालय सहयोगी कार्यरत रहेको जानकारी दिदै राज्यको तर्फबाट एकमुट अनुदान बापत १ लाख ६८ हजार बाहेक कुनै पनि सहयोग नआउदा मदरसा सञ्चालनमा कठिनाई हुने गरेको बताए ।
उनले खेलकुदको सामाग्री तथा खेलकुद मैदान अन्य सतहभन्दा होचो भएको कारण पानी डुवानको समस्या रहेको र मदरसाको भौतिक पूर्वाधारमा समेत केही समस्या रहेको जानकारी गराएका थिए ।
वडा अध्यक्ष नद्दाफले मदरसाको आवश्यकता अनुसार आफ्नो पारिश्रमिक र व्यक्तिगत तवरले तत्काल नै पानी तातो गर्ने गिजर र पिफोम सहितको कार्पेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘तत्कालको लागि पानी तातो गर्नको लागि आवश्यक पर्ने गिजर र बच्चाहरुलाई बस्दा चिसो नलागोस भने पिफोम सहितको कार्पेट मैले व्यक्तिगत नै सहयोग गर्दै छु ।’ उनले वडाबाट हुन सक्ने सहयोगको लागि आफुहरु सदैव तयार रहने बताए ।
मदरसा व्यवस्थापन समितिका अध्यक्ष रफिक अहमद हल्वाईको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, संघिय समाजबादी फोरम मुस्लिम संघका अकवर अलि खानलगायतलाई दोसल्ला ओडाई स्वागत तथा सम्मान गरिएको कार्यक्रमको सहजिकरण बाँके युनेस्को क्लवका गुलाम गौशले गरेका थिए ।

Next Post

मुख्यमन्त्रीको पहलमा घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगिदै

७ पुष २०७५, शनिबार १२:४७
सदरलाइनडटकम, कोहलपुर (बाँके) : दाङमा शुक्रबार साँझ भएको दुर्घटनाका घाइतेको उपचारमा प्रदेश सरकारले चासो व्यक्त गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुर्घटनाका घाइतेहरुको उपचारका लागि चासो व्यक्त गर्दै बिरामीलाई काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गरेका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेका १४ जना बिरामीहरुलाई थप उपचारका […]