आइतवार देशभर थपिए १५६ संक्रमित

४ श्रावण २०७७, आईतवार १६:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा तीन हजार ७ सय ४१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतवार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ५८ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ९५ रहेको छ ।

Next Post

भेरीको परीक्षणमा १० जनामा कोरोना पुष्टि

४ श्रावण २०७७, आईतवार १६:३९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका १ जनासहित आइतवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाव परीक्षण गरिएकोमा बाँकेको कोहलपुर नगरपालिका २ का २९ वर्षीय पुरुष, सल्यान सारदा गाउँपालिकाका २४ र […]