विराटनगर : कोशी प्रदेशले आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलनको तयारीबारे पत्रकार सम्मेलन गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी दिए ।
सोकेस गर्ने आयोजना, लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रकृया लगायतका सबै विषयमा तयारी पूरा भएको उनले बताए ।
लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । मुख्यमन्त्री कार्कीले संघीय सरकारसँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्न बताए ।
उनले लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलन मार्फत राष्ट्रिय पुँजीको विकास हुने धारणा राखे । राष्ट्रिय आयको वृद्धिमा यसले हयोग पु¥याउने चर्चा गर्दै विगतमा भएका लगानी सम्मेलनहरूको पाठ सिक्दै अधिकतम लगानी भित्र्याउने र लगानीको सुनिश्चितताको लागि यो लगानी सम्मेलन सफल हुने मुख्यमन्त्री कार्कीले बताए ।
वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रूपैयाँ रुपैयाँको परियोजना सोकसिङ गर्ने तयारी प्रदेश सरकारको छ । प्रदेश सरकारले ५४ वटा योजनाहरू लगानी सम्मेलनको सोकेसमा राख्ने तय गरेको छ ।
लगानी सम्मेलनमा सुनिश्चित भएको लगानी कार्यान्वयनमा लैजानका लागि समेत सचेत भएर काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताए ।


पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताए ।
लगानी सम्मेलनलाई लक्षित गरेर कानुनहरु संशोधन गर्ने र नयाँ कानुन बनाउने काम भइ रहेको उनले बताए । ८ वटा प्रदेश कानुन संशोधन गर्ने र एउटा नयाँ कानुन बनाउने क्रममा रहेको उनले जानकारी दिए ।
लगानी सम्मेलन पहिलो पटक आयोजना गर्न लागिएकोले स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको मन्त्री भण्डारीले बताए ।
कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारी अन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने मन्त्री भण्डारीले जानकारी दिए ।
लगानी प्राधीकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा भौतिक पुर्वाधारमा १४ वटा योजना बनेका छन । यस्तै लगानी सम्मेलनमा कृषीका ९ उद्योगमा ९ वटा परियोजना समाबेस गरिएको छ ।
यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेल्न मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेशिङ भएका छन । यसै गरि सन्चालनमा रहेका केहि परियोजनालाई समेत सोकेशिङमा राखिएकोछ ।
कोशी प्रदेश लागानी सम्मेलन सचिवालयका संयोजक तथा प्रदेश सचिव पवन कुमार तिमिल्सेनाका अनुसारसम्मेलन सफल बनाउन विभिन्न समितिहरू गठन भइसकेका छन् । नीतिगत, कानुनी सुधार तथा प्रशासनिक सहजताका पक्षमा पनि तयारी अघि बढाइएको छ ।