हुम्लामा सात करोडभन्दा बढीको खसी–भेडा बिक्री

सदरलाइन संवाददाता ९ कार्तिक २०८०, बिहीबार १३:५७
 

हुम्ला : यस पटकको दसैंमा हुम्लामा सात करोडभन्दा बढी रुपियाँको खसीभेडा बिक्री भएको छ । चीनबाट च्याङ्ग्रा नआउनु र स्थानीय खसीको मूल्य बृद्धि भएका कारण खसी बिक्रीमा बढी आर्थिक कारोवार भएको कृषकको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ हुम्लाका बरिष्ठ उपाध्यक्ष रामबहादुर भण्डारीले यस पटकको दसैंका लागि पाँच हजारभन्दा बढी खसी बिक्री भएको बताए । उनले साना ठूला खसीको मुल्य औसतमा सात करोडको कारोवार यस पटकको दसैंमा भएको बताए ।


दसैमा खसीको मूल्य पन्द्रदेखि चालीस हजारसम्म तिर्नुपरेको थियो । खसी बिक्रीबाट भएको आर्थिक कारोवार हालसम्मकै उच्च भएको उनको भनाइ छ । पचास जना व्यापारीले दसैंका लागि खसीको व्यापार गरेका थिए ।

हुम्ला जिल्लाको घरधुरी सङ्ख्या करिब एघार हजार रहेको छ । यी सबै खसी अधिकांश स्थानीय छन् । उनले मूल्य जति बृद्धि भएपनि खसीको व्यापार नघटेको बताए । लामा समुदायको बसोवास हुने नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका– ३ र ४ बाहेक जिल्लाभरि दसैं मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैध रुपमा भित्र्याइएका बोइलर कुखुरा बरामद

९ कार्तिक २०८०, बिहीबार १३:५७
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएको चार क्विन्टल बराबरको भारतीय बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ । नष्ट गरिएको बोइलर कुखुरा सशस्त्र प्रहरी निरीक्षक टीकाराम गोसाइँ नेतृत्वको मोवाइल गस्ती टोलीले बिहीवार जानकी गाउँपालिका १ स्थित बढैयाबाट बरामद गरेको थियो । आरटीआर […]

ताजा अपडेट