बाँकेका वडाध्यक्ष संगठित हुँदै

१ चैत्र २०७५, शुक्रबार १७:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा निर्वाचित स्थानीय तहका वडाध्यक्षहरु संगठित हुन लागेका छन् । निर्वाचित जनप्रतिनिधीमाथि हातपातलगायतका दुब्र्यवहार हुन थालेपछि वडाध्यक्षहरु संगठित हुन लागेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षहरुमाथि कुटपिट हुँदासमेत कसैले वास्ता नगरेपछि आगामी दिनमा त्यस्तो घटना नदोहोरियोस भन्ने उद्देश्यले बाँकेका वडाध्यक्षहरु संगठित हुन लागेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका वडाध्यक्ष मोहनराम मिश्रले बताए । बाँकेमा रहेका ८१ वटै वडाका अध्यक्षहरुको भोली (शनिवार) नेपालगञ्जस्थित होटल मयुरमा भेला हुन लागेको उनले बताए ।
सम्पूर्ण वडाध्यक्षको आयोजनामा हुने भेलाबाट विधान निर्माणका लागि समिति, तदर्थ समिति र जिल्ला वडा अध्यक्ष संघसमेत गठन गर्ने वडाध्यक्ष मिश्रले जानकारी दिए । ‘हामी वडा अध्यक्ष एक जुट होऔं’ नाराका साथ हुने भेलाबाट गठन गरिने संघले आगामी कार्ययोजना निर्माण गर्नुका साथै परेको खण्डमा वडाध्यक्षहरुका लागि वकालत गर्नेछ । बाँकेमा यसरी गठन हुन लागेको वडाध्यक्ष संघ सम्भवतः नेपालको पहिलो हुने वडाध्यक्ष मिश्रले बताए ।

Next Post

समावेशीका विद्यार्थीको बिदाई कार्यक्रम

१ चैत्र २०७५, शुक्रबार १७:५१
सदरलाइनडटकम, नेपालगञ्ज : समावेशी इग्लिस स्कुल नेपालगञ्जका एसईई परीक्षामा सहभागी विद्यार्थीको शुक्रबार विदाई गरिएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० का एसईईमा सहभागि हुने उनीहरुको विदाइ गरेका हुन् । त्यसक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको विद्यालयका प्राध्यापक मोहन विकले जानकारी दिए । कार्यक्रममा संस्थापक सञ्चालक अध्यक्ष शेरबहादुर […]