सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा रहेको लायन्स डेन्टल अस्पतालले शुक्रवार निःशुल्क दन्त परीक्षण गरेको छ । लायन्स क्लब अफ नेपालगञ्ज र नेपालगञ्ज लायन्स डेन्टल अस्पतालले निःशुल्क दन्त परीक्षण तथा दन्त अभिमुखिकरण कार्यक्रम गरेको हो ।
अस्पतालले स्थापनाकालदेखि हालसम्म करीब दुईलाख जनालाई दन्त उपचार सेवा दिएको लायन्स क्लब अफ इण्टरनेशनल डिष्ट्रक ३२५ बि टु नेपालका पूर्वगभर्नर सेम शाक्यले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब अफ इण्टरनेशनल डिष्ट्रक ३२५ बि टु नेपालका पूर्वगर्भनर मधुसुदन शर्मा, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, दन्त चिकित्सक डा. पल्लव शर्मालगायतले धारणा राखेका थिए ।