विद्यालय भर्नाको लागि वडा तहमा अभियान

३० बैशाख २०७६, सोमबार ०९:०३
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउपालिका वडानं.२ मा विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा अत्यन्तै न्यूनमात्रामा विद्यालय भर्ना भएपछि वडा कार्यालयले बिद्यार्थी शिक्षक / शिक्षिकाका पहलमा घरदैलो अभियान सुरु गरेको छ ।
‘मधेशी बाहुल्यता समुदाय भएको कारण अभिभावकहरु नै विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय पठाउनु भन्दा घरधन्दाकै काममा लगाउने गरेकोले यो वर्ष विद्यालय भर्नाको समयमा अत्यन्तै विद्यार्थी भर्ना भएपछि यस्तो अभियान चालेका हौ’–जानकी गाउपालिका वडा नं.२ का अध्यक्ष चन्द्रीका गुप्ताले भने ।
उनले आफ्नो वडामा करिव १ हजार ५ सय विद्यालय जाने उमेरका बालबालिका रहेको बताउदै ती बालबालिकाका लागि एक माध्यामिक, ३ प्राथामिक र १ मदरसा गरी ५ सामुदायिक विद्यालय सञ्चालनमा रहेको जानकारी दिए ।
उनले विद्यालय जाने बालबालिकाका साथमा शिक्षक, शिक्षिकालाई लिएर हरेक दिन विहान घरदैलो गरी विद्यालय भर्ना गर्न अभिभावकलाई सचेना फैलाउदै प्रयास गर्दै आएको बताए ।
‘अभिभावक नै अशिक्षति रहेको कारणले गर्दा आफ्ना बालबालिकालाई घरकै काममा लगाउने कारण विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर हुने गरेकोले घरदैलो अभियान सुरु गरेका हौ’–उनले भने–‘ यो वर्षमा विद्यालय जाने उमेरका बालबालिका विद्यालय भर्ना नगर्ने अभिभावकलाई गाउपालिकाले दिने सेवा सुविधा समेत रोक्का गर्ने भनेका छौ ।’
उनले सकेसम्म कोही पनि विद्यालय बाहिर नहोस भनेर अति विपन्न बालबालिकाको लागि वडा कार्यालयबाट पनि कापी, कलम, पोषाक, झोला जस्ता शैक्षिक सामाग्रि उपलब्ध गराईएको जानकारी दिए ।
वडा अध्यक्ष गुप्ताले वडालाई साक्षर वडा बनाउने अभियान समेत अघिसारेको जानकारी दिदैभने–‘ वडाका ६० वर्ष माथिकालाई अनिवार्य नभए पनि ६० वर्ष मुनिकालाई आफ्नो नाम थर आफै लेख्न जान्ने हुनै पर्ने प्रावधान राखेका छौ । जसले लेख्न सक्दै उसलाई लेख्न नसक्ने हुँदासम्म सेवा सुविधाबाट बञ्चित गराउने निर्णय गरेका छौ ।’ वडा कार्यालयले निरक्षर व्यक्तिलाई साक्षर बनाउनको लागि साक्षर सहयोगि समेत खटाएको छ ।
श्रीमावि जोगागाउका शिक्षक निरज मिश्रले यतिबेला खेति स्याहार्ने बेला भएको कारणले पनि बालबालिका विद्यालय भर्ना हुन नआएको हुनसक्ने आशंका व्यक्त गरे । उनले गतवर्षको तुलनामा सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्नको लागि घरघर पुगेर अभियान चलाएको र त्यसको नतिजा राम्रो आउने विश्वासमा रहेको दाबी गरे ।  

Next Post

‘सुशासनका लागि सूचनाको हक प्रभावकारी’

३० बैशाख २०७६, सोमबार ०९:०३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष कैफुलवरा जोलाहले स्थानीय तहमा सुशासन कायम गराउनमा सूचनाको हक एक प्रभावकारी औजार भएको बताएका छन् । वडा नं. ५ को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले गरेको जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अभिमुखीकरण कार्यक्रममा वडाध्यक्ष जोलाहले […]