सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोरोनाको ग्राफ प्रत्येक दिन बढ्दै गएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४८ सहित ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बाँकेमा आइतवार थपिएका ४८ जनामध्ये अधिकाँश प्रहरी कर्मचारी रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट ४३ जनाको स्वाब संकलन गरिएको थियो । ५१ जना संक्रमितमध्ये ३ जना दाङका रहेका छन् ।
