सदरलाइनडटकम,
दाङ : दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको बताइएको छ । सल्यानबाट आएको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
शैक्षिक भ्रमणका लागि सल्यानको मूलपानीमा गएको बस फर्कने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी बोकेको बस दुर्घटना भएको हो ।
अहिलेसम्म मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको बताइएको छ । बसमा २१ पुरुष र नौ महिलासहित ३० जना रहेको प्रहरीले जनाएको छ । सडकबाट बस ७ सय मिटर तल खसेको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
Next Post
सहरी विकास मन्त्री राईले नेपालगन्जको फुटपाथमा बसेर चिया र खाजा खाएपछि ...
६ पुष २०७५, शुक्रबार १८:३९
सम्बन्धित
-
६ पुष २०७९, बुधबार १८:४०
सामुदायिक अगुवाहरुको राष्ट्रिय सम्मेलन सम्पन्न
-
१८ चैत्र २०७४, आईतवार १९:१३
राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता रोकियो
-
१६ पुष २०७३, शनिबार ०४:१०
बाँकेमा आमा बचाउ अभियान सञ्चालनमा ल्याईने
-
३० आश्विन २०७८, शनिबार १३:०८
रुकुममा स्थानीय युवा र प्रहरीबीच झडप, सात प्रहरी घाइते
-
१८ कार्तिक २०७४, शनिबार १८:१६
बाँकेमा बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी
-
४ श्रावण २०८०, बिहीबार १६:२२
बाँकेमा एक वर्षमा सवा सय सडक दुर्घटना