सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सदरलाइन संवाददाता ३१ असार २०७८, बिहीबार १६:३३
 


नेपालगञ्ज  : नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझाचोक नजिकै मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको मृत्यु भएको छ । नेपालगञ्जबाट राँझातर्फ आइरहेको भे ७ प ९१९४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।


मृत्यु हुनेमा मोटरसाइकल चालक हुम्ला घर भएका शंकर शाही रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार तीब्र गतीमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका वडा नम्बर १ र २ वाल विवाह मुक्त घोषणा

३१ असार २०७८, बिहीबार १६:३३
नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १ र २ लाई बिहिवारदेखि वाल विवाह मुक्त वडा घोषणा गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले दुबै वडा वाल विवाहमुक्त वडा भएको घोषणा गरेका हुन । कार्यक्रममा नगर प्रमुख राणा र उपप्रमुख मगरले नेपालगञ्जलाई वडा हुँदै नगरलाई […]