नेपालगञ्जको रंगशाला घाँसे मैदानमा परिणत

सदरलाइन संवाददाता २० श्रावण २०७९, शुक्रबार १३:३६
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज रंगशाला अहिले घाँसे मैदानमा परिणत भएको छ । लामो समयसम्म खेल सञ्चालन नभएका कारण रंगशालामा रहेको फुटबल मैदान घाँसे मैदानमा परिणत भएको हो ।

रंगशालामा रहेको फुटबल मैदान बाहेक मैदानको उत्तर, पूर्व र पश्चिम क्षेत्रमा पनि घाँसले प्याराफिटलाई ओगटेको देख्न सकिन्छ । हाल मैदानमा ४ फिट उचाईसम्मको घाँस पलाएको छ ।

कुनै पनि स्थानमा रंगशाला तथा खेल मैदान निर्माण गर्नु भनेको खेलाडी उत्पादन तथा भएका खेलाडीलाई प्रवद्र्धन गर्नु हो । तर नेपालगञ्जको रंगशालामा भने खेलाडीलाई नै प्रतिवन्ध लगाइएको छ ।


जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीप जंगशाह खेलाडीका लागि बनाएको रंगशालामा खेलाडीलाई नै रोक लगाएको बताउँछन् ।

जिल्ला खेलकुद विकास समिति बाँकेले खेलाडीलाई प्रतिवन्धित गरेकोप्रति आपत्ति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवलमा डेंगीका बिरामी बढ्दै

२० श्रावण २०७९, शुक्रबार १३:३६
नेपालगञ्ज : साउन लागेसँगै बुटवलमा डेंगीका बिरामी बढ्दै गएका छन् । असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५–१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेपछि भने बिरामी […]

सम्बन्धित