सदरलाइनडटकम,
डोटी : जाडोयामको शुरुवातसँगै मौसममा आएको परिवर्तनका कारण डोटीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको हो ।
डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेकलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको सायलवासी गणेश विष्टले बताए ।
हिँउ परेका कारण लगाएको बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै लेकाली क्षेत्रका किसान भने खुशी भएका छन् । उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।
हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको स्थानीयवासी तिलक बोगटीले बताए । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् ।
