नेपालगञ्जमा बम बनाउने क्रममा विष्फोटमा परी दुई घाइते

सदरलाइन संवाददाता १ मंसिर २०७९, बिहीबार ०८:३२
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बिस्फोट हुदा दुईजना गम्भीर घाइते भएका छन् ।

बुधबार बेलुकी ८ः१० बजेतिर घरभित्र बम बिस्फोट हुँदा सोही घरमा डेरागरी बस्ने सल्यानका डिल्लीबहादुर डिसी क्षेत्री र कैलालीका धर्मराज सुनार घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घाइते सुनार र क्षेत्री नेत्रबिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ता रहेको र उनीहरुले बम बनाउने क्रममा सो बिस्फोट भएको जनाएको छ ।


सो बिस्फोटमा परेर घाइते सुनार र क्षेत्री विप्लव समुहका विद्यार्थी संगठन आबद्ध रहेका क्षेत्री बाँके जिल्ला अध्यक्ष रहेको र सुनार संगठनका कार्यकर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए । उनीहरुको कोठाबाट प्रहरीले चन्दा ठेली तथा आवश्यक कागजपत्र समेत बरामद गरेको जनाएको छ ।

घाइते दुबै जनाको भेरी अस्पताल नेपालगञ्जमा प्रारम्भिक उपचार भई थप उपचारको लागि नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बम बनाउने कार्यमा संलग्न अन्य ३ जना फरार भएको प्रहारीले जनाएको छ ।

सो घरमा निर्माण भईसकेको दुईथान बम र बम बनाउन सामाग्री बरामद गरेपछि नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको टोलीले पहिलो बम १० बजे ४० मिनेटमा र दोस्रो बम ११ बजे ९ मिनेटमा डिस्पोज गरेको थियो । निर्वाचनलाई बिथोल्ने उद्देश्यले लक्षित गरी सो बम विष्फोट गराईएको हुनसक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजनाहरू ल्याउनेछु : इश्तियाक राई

१ मंसिर २०७९, बिहीबार ०८:३२
नेपालगञ्ज : जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्यााएर मतदान गर्न अपिल गरेका छन् । डुडुवामा भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त […]