वडाध्यक्ष धामीको हत्याबारे अनुसन्धान शुरु

२१ माघ २०७६, मंगलवार १७:३०
 

सदरलाइनडटकम,
अछाम : हत्या भएको भनिएका अछामको पञ्चदेवल बिनायक नगरपाकिला–२ माथिल्लो बिनायकका वडाध्यक्ष पदमबहादुर धामीको शव भैंसीको गोठभित्र फेला परेकोबारे अनुसन्धान शुरु भएको छ । अनुहारभरि रगत लत्पतिएको अवस्थामा उनको शव मंगलवार बिहान भेटिएको थियो ।
माथिल्लो बिनायक स्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैंसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष धामीको हत्यापछि शव गोठमा लगेर फालिएको हुनसक्ने आशंका गरिएको छ ।
हत्या कसले र किन गरेको हो भन्ने बारे खुल्न नसकेको पनि उनको भनाई छ । बिहान ७ बजे भैंसीलाई घाँस हाल्न गोठमा गएकी एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार शवको अवस्था अध्ययन गर्नुका साथै घटनास्थल वरिपरिको स्थितिसमेत अवलोकन गरिएको छ । तर घटना हत्या हो होइन भन्ने विषयमा यकिन हुन नसकेको उनको भनाई छ । मृतक ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Next Post

‘विज्ञान र प्रविधिबाट मात्रै राष्ट्रको विकास संम्भव’

२१ माघ २०७६, मंगलवार १७:३०
सदरलाइनडटकम, नेपालगञ्ज : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले विज्ञान र प्रविधिको माध्यमबाट मात्रै समग्र राष्ट्रको उन्नती सम्भव भएको बताएका छन् । उनले मंगलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा नवप्रवर्तन प्रणाली सुचकाङक र प्रयासहरु सम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सो गोष्ठीमा बोल्दै मन्त्री रावलले […]

सम्बन्धित