सदरलाइनडटकम
२४ बैशाख, नेपालगन्ज : समाजिक विकास मञ्च बाकेले आयोजना गरेको ५ दिने लद्युु उद्यम विकास तालिमको सोमबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै नेपालगन्ज फुलटेक्राका रवी भारतीले सेभ द चिल्डे«नको सहयोगमा समाजिक विकास मञ्चले सञ्चालन गर्दै आएको युवा लक्षित ‘बुलगारी’ परियोजनाले सहयोग गर्ने भएपछि आफु उत्साहित भएको बताए ।
लद्यु उद्यम तालिम लिएपछि उनलाई सोही संस्थाले नेपालगन्जकै पौरखी बहुउदेश्य सहकारी संस्थामार्फत सहुलियतमा ऋण सहायता पनि गनेृ भएको छ । भारती भन्छन्,—‘म नास्ता पसल सञ्चालन गर्छु । बेकामे भएर बस्दिन ।’
रवी जस्तै नेपालगन्ज धम्बोझीकी रिता चौधरी लद्यु उद्यम तालिम पाएपछि किराना पसल चलाउने योजना बनाइरहेकी छन् । ‘व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने ज्ञान पाएकी छ् । अब व्यवहारमा उतार्छु ।’— रिताले भनिन् । पाचदिने लद्यु उद्यम विकास तालिमको सोमबार समापन गरिएको छ । तालिममा सेभ द चिल्डे«नका स्थानीय कार्यक्रम प्रबन्धक रत्नराज ओझाले कुनै पनि युवायुवतीहरु कामबिहिन भई गलत काममा नफसुन भन्ने उदेश्यले परियेजना सञ्चालन गरिएको बताए ।
सामाजिक विकास मञ्चका अध्यक्ष बिष्णु प्रसाद ढकालले दर्जनौ युवायुवतीहरुलाई तालिम र आर्थिक सहायता समेत दिएर लद्यु उद्यमी बनाइरहेको बताएका छन् । संस्थाका जिविकोपार्जन अधिकृत भुपाल बोहराले पच्चीस जना युवा युवतीहरुलाई लद्यु उद्यम तालिम दिएर सहकारी संस्था मार्फत सहुलियतपूर्ण ऋण दिइने बताए । उनका अनुसार यसरी ऋण लिएका युवायुवतीहरुले बिभिन्न लद्यु उद्यम सञ्चालन गर्न पाउने छन् । कार्यक्रममा परियोजनाका अनुगमन म्ल्यांकन जवाफदेहि कार्यक्रम अधिकृत सोम डेमनडेउरा, बित्तिय अधिकृत निश्चल डाँगी लगायतको सहभागिता थियो ।