नेकपा स्थायी कमिटि बैठक शुरु, काँग्रेस महासमिति बैठक जारी

२९ मंसिर २०७५, शनिबार १४:४७
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।
यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएपनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो । स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन ।
बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुर्याउने पनि अपेक्षा लिइएको छ । यसैबीच आजै बिहान नेकपाको सचिवालय बैठक बसेको छ । बैठकमा दुई अध्यक्षले स्थायी कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनका विषयमा छलफल भएको बताइएको छ । प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजना समेटिएको नेकपाले जनाएको छ ।


कांग्रेस महासमिति बैठक जारी
नेपाली कांग्रेसको महासमिति बैठक काठमाण्डौमा जारी छ । महासमिति बैठक ३ पुसम्म संचालन हुने छ । तीन तहकै निर्वाचनमा नेपाली कांग्रेसले अप्रत्यासित हार बेहोरेपछि नेताहरूले महासमिति बोलाउनुपर्ने माग गरेका थिए । लामो माथापच्चीपछि कांग्रेसको महासमिति बैठक आयोजना भएको हो ।
बैठकको कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरे । उदघाटन शत्रपछि शुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेश गरिनेछ । बैठकमा देशभरबाट १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् ।

Next Post

हिमपातका कारण डोटीको जनजीवन प्रभावित

२९ मंसिर २०७५, शनिबार १४:४७
सदरलाइनडटकम, डोटी : जाडोयामको शुरुवातसँगै मौसममा आएको परिवर्तनका कारण डोटीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेकलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको सायलवासी गणेश विष्टले बताए । हिँउ […]