घुस लिएको आरोपमा वनका दुई पदाधिकारी पक्राउ

२९ बैशाख २०७६, आईतवार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : घुस लिएको आरोपमा बाँकेस्थित एक सामुदायिक वनका दुई पदाधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले ५ लाख घुस लिएको आरोपमा लामीडाँडा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाई नियन्त्रणमा लिएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका १ स्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनालाई ५ लाख घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष कामी र कोषाध्यक्ष खुनाले काठको टेण्डर मिलाइ दिने भन्दै ५ लाख रकम लिएको अवस्थामा उनीहरुलाई कुसुमको बैरीयाबाट नियन्त्रणमा लिइएको सूचना अधिकारी कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घुस रकमसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार नेपालगञ्जले जनाएको छ ।

Next Post

बैजनाथमा साथीको एकदिने अभिमुखिकरण

२९ बैशाख २०७६, आईतवार १८:३२
सदरलाइन /खम्बप्रसाद पुन, नेपालगञ्ज : मानव बेचबिखन बिरुद्धका ऐन र त्यससंग सम्वन्धित प्रणाली तथा रणनैतिक कार्य योजना सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । बाँकेको बैजनाथ गाउँपालिका जनप्रतिनिधि, कार्यपालिका सदस्य बालअधिकार समितिका सदस्यहरु, जनप्रतिनिधिहरु, महिला शाखा, स्वास्थ्य शाखा र वाल संरक्षण समितिका जनप्रतिनिधिलाई मानव बेचबिखन बिरुद्ध रणनैतिक कार्य योजना […]