कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा आयो

सदरलाइन संवाददाता १८ श्रावण २०८१, शुक्रबार १८:५३
 

महेन्द्रनगर  : कञ्चनपुरमा महिला माथि आक्रमण गर्ने बाघ नियन्त्रणमा आएको छ । बाघमा डार्ट गरी नियन्त्रणमा लिइएको हो ।

शुक्रबार बिहान ९ः३७ बजे बाघलाई बेहोस गर्ने इन्जेक्सन लगाइएर नियन्त्रणमा लिइएको हो । इन्जेक्सन लागेकोको बाघ नियन्त्रणमा आइसकेको नेपाली सेनाका मेजर नवीन बोहरा बताएका छन् ।

बिहीबार नियन्त्रण लिन नसकेपछि शुक्रवार पुनः खोजी कार्य सुरु गरिएको थियो । बिहीबार रात परेकाले खोजी गर्न समस्या आएपछि शुक्रवार बिहानैदेखि खोजी गर्दा नियन्त्रणमा आएको हो ।


बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक डार्ट टोली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको पाँच हात्ती, जेसिबीसहितको टोलीले खोजी सुरु गरेको थियो ।

बर्दियाको प्राविधिक टोलीले बिहीबार साँझ ४ बजेपछि खोजी कार्य सुरु गरिएको थियो । ३ घण्टा लगातार प्राविधिक टोलीले खोजो गर्दा बाघ नियन्त्रणमा नआएपछि रात परेकाले खोजी कार्य रोकिएको थियो । रातभरी उक्त क्षेत्रमा निकुञ्ज टोलीसहित सुरक्षाकर्मीहरूले रातभरी पहरा दिएका थिए ।

बिहीबार बिहान १० दोधारा चाँदनी नगरपालिका –२ मा बाघको आक्रमणमा परी सोही ठाउँकी २० वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो । महिला खाने नरभक्षी बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

१८ श्रावण २०८१, शुक्रबार १८:५३
दाङ्ग  :  लुम्बिनी प्रदेश सरकारमा सहभागी आठ मन्त्रीको विभागीय जिम्मेवारी पाएका छन् । विनाविभागीय मन्त्रीका रुपमा १० दिनअघि शपथ लिएका मन्त्रीहरुको आज विभागीय जिम्मेवारी तोकिएको हो । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिएका थियो । […]

सम्बन्धित