दाङ बस दुर्घटना : १२ जनाको कोहलपुरमा उपचार हुँदै

सदरलाइन संवाददाता २८ पुष २०८०, शनिबार १२:५७
 

कोहलपुर (बाँके) : दाङको भालुबाङमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको कोहलपुरमा उपचार चलिरहेको छ ।

दाङको भालुबाङमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका मध्ये १२ जनाको कोहलपुरमा उपचार चलिरहेको छ । घाइते १३ जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएकोमा एक जना डिस्चार्ज भएका हुन् ।

बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्केका छन् । उपचार गराइरहेका घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिएका छन ।


घाइते मध्ये कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको उनले बताएका छन । इप्रका कोहलपुरका अनुसार नेपालगञ्जका २४ वर्षीय अशुतोष गौतम, २० वर्षीय निरन्जन कोरी, २० वर्षकै अरवाज नाउ, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बि.क., बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाई, नेपालगञ्जकी ३५ वर्षीया लिला वली, बाँकेकै २१ वर्षीय शंकर थारु र रावलकुमार यादवको अवस्था सामान्य छ ।

नेपालगञ्जदेखि काठमाडौ जाँदै गरेको बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनको जिम्मा निजीलाई

२८ पुष २०८०, शनिबार १२:५७
नेपालगञ्ज : सरकारले नेपालगन्ज एकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रमार्फत गराउन कम्पनी छनोट गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले जाँच चौकी सञ्चालनको जिम्मा टीआरएस एटलस लोजिपार्क प्रालिलाई दिने भएको हो । समितिका कार्यकारी निर्देशक आशीष गजुरेलका अनुसार जाँच चौकी सञ्चालनका लागि गत असार ११ गते अन्तर्राष्ट्रियस्तरको […]