भेरीको परीक्षणमा ५३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १७ कार्तिक २०७७, सोमबार १६:३९
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले सोमवार दिउँसो जारी गरेको विवरणअनुसार बिभिन्न जिल्लाका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार थपिएका मध्ये सबैभन्दा बढि २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन् । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा २ सय १५ जनाको परीक्षण गर्दा बाँके, बर्दिया, दाङ, महोत्तरी, अछाम, रुकुम र डोल्पाका ५३ जनामा संक्रमण पुष्टि भएको हो ।


हालसम्म भेरी अस्पतालले ५६ हजार ५ सय १४ जनाको नमुना परीक्षण गरेको छ भने ३ हजार ६ सय ५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जनाएको छ ।

Next Post

जनमतको अधिवेशन तीब्र

१७ कार्तिक २०७७, सोमबार १६:३९
नेपालगञ्ज : जनमत पार्टी बाँकेले वडा अधिवेशन तीब्र पारेको छ । जनमत पार्टीले डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टीमा सोमवार गरेको अधिवेशनबाट शहजाद खानको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । पार्टीका बाँके अध्यक्ष रियाज अहमद शेष प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा अनिता ठाकुर, कोषाध्यक्ष रमजान खान र सचिवमा […]

ताजा अपडेट