पुरुष र महिलाबीच बिभेद अन्त्य हुनुपर्छ : मुख्यमन्त्री राउत

१९ मंसिर २०७५, बुधबार १६:३६
 

सदरलाइनडटकम,
सदरलाइन डेस्क : प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महिला र पुरुषबीचको बिभेद अन्त्य हुनुपर्ने बताएका छन् । संघीय समाजवादी फोरम नेपालले कपिलबस्तुको कृष्णनगरमा गरेको स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले अल्पसंख्यक मुस्लिमहरुको चाडपर्वमा संघीय सरकारले बिदा दिएर सम्मान दिनुपर्ने कुरामा जोड दिए ।
मदरसालाई शिक्षाको मूल प्रवाहमा ल्याउनका लागि सामुदायिक बिद्यालयसरह मान्यता दिनुपर्ने भन्दै उनले मधेशी र मुस्लिम महिलाका साथै दलितलाई उचित सम्मान नदिँदासम्म राष्ट्र समृद्ध हुन नसक्ने जिकिर गरे । संघीयता बिरोधीमाथि प्रहार गर्दै मुख्यमन्त्री राउतले प्रदेश नं. २ जस्तै संविधानको दायरामा रही कानुन निर्माण गर्न सबै प्रदेशसँग अग्रहसमेत गरे ।



फोरम नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का पार्टी प्रवक्ता अकरम पठान, शैलेशप्रताप शाह, अब्दुल रसिद, सतिश चन्द्र, राहुल मोदनवाल, अकिल मिया, बृजेश कशौधन, अब्दुल रसिद, प्रदेश सभा सदस्य सहसराम यादवलगायतका नेता कार्यकर्ताको उपस्थिती थियो ।
(कपिलबस्तुबाट अजय मिश्रको सहयोगमा)

Next Post

सरकारको कामप्रति गाउँपालिका महासंघ असन्तुष्ट

१९ मंसिर २०७५, बुधबार १६:३६
सदरलाइनडटकम, काठमाण्डौ : सरकारले स्थानीय तहको कर्मचारीलाई तलव खुवाउने व्यवस्थासमेत नगरेको भन्दै गाउँपालिका राष्ट्रीय महासंघ नेपालले असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहका कर्मचारीलाई अझै तलव खुवाउने व्यवस्थासमेत गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । स्थानीय तहलाई तत्काल आवश्यक स्रोत, साधनको उचित व्यवस्था गर्नसरकारसँग माग गर्दै उनले […]