बाँके प्रहरीद्वारा अबैध भन्सार छलीकोे सामान नियन्त्रणमा

सदरलाइन संवाददाता २३ बैशाख २०८१, आईतवार २१:४०
 

नेपालगञ्ज :  बाँके प्रहरीले भन्सार छलेर भित्र्याईएको विभिन्न सामान लिएर आउने ३ जना सहित दुई मोटरसाईकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बैशाख २२ र २३ गते भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा माउण्टेन ड्यू नामक पिय पदार्थ, स्टेवलाईजरकोे सामान, सुती कपडा, प्याजलगायत अन्दाजी मुल्य दुई लाख एकासी हजार सात सय रुपैया बराबरको समान नियन्त्रणमा लिएको जनाएको छ ।


प्रहरीले भन्सार छलेको सामान ढुवानीमा संलग्न ३ जना मानिस र २ वटा मोटरसाईकलसमेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपा नेपाल फुटेर जसपा गठन

२३ बैशाख २०८१, आईतवार २१:४०
काठमाडौं :  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताए । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेका छन् […]