मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि अभिमुखीकरण

सदरलाइन संवाददाता १ भाद्र २०८०, शुक्रबार १७:१४
 

नेपालगञ्ज : नेपालगञ्जमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि अभिमुखीकरण गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति, नेपालगञ्जको आयोजनामा अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरणमा नेपालगञ्जका मेयर प्रशान्त विष्टले मानव बेचबिखनको समस्या ठूलो भएकाले सबै मिलेर नियन्त्रणमा लाग्नु पर्ने बताए । उनले वडास्तरमै समिति बनाएर काम गर्नुपर्ने बताए ।

पालिकाले कस्तो क्रियाकलाप गर्दा मानव बेचबिखन रोकिएला भन्ने जिज्ञासामा कार्यक्रममा उपस्थित नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनोजिया, खजुरा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एकमाया विकलगायतले सबै वडामा मानव बेचबिखनविरुद्वको समिति बनाउने, समितिलाई चलायमान गराउने, अनुगमन गर्ने, अभिमुखीकरण र जनतेचनामुलक गतिविधि गर्ने, स्थानीय तहले नीति नै बनाएर काम गर्नुपर्ने बताए ।


जनप्रतिनिधि, संघ संस्था, होटल संचालक सम्मिलित कार्यक्रममा माइती नेपालका केशव कोइरालाले मानव बेचबिखनको अबस्था, तथ्यांक, गर्नुपर्ने कामबारे प्रकाश पारेका थिए ।

हाम्रो सम्मान परियोजनाका कमला पन्तले सरकारको नीति नियम बनाउन, निजी क्षेत्र र नागरिक समाजसँगको समन्वयमा मानव बेचबिखन नियन्त्रणका लागि वकालत, पीडितलाई रोजगारीलगायत विषयमा काम गरिरहेको बताइन् ।

माइती नेपालको एक तथ्यांक अनुसार, गतवर्ष नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय २९ जनाको उद्दार गरिएको छ। यो वर्ष ६ सय ९३ जनाको खोजतलासको निवेदन परेको छ । जोखिमपूर्ण यात्रामा जानेमा बांके र दाङ जिल्ला अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको बसपार्क शुक्रवारदेखि सञ्चालन

१ भाद्र २०८०, शुक्रबार १७:१४
नेपालगञ्ज : बाँकेको कोहलपुरमा निर्माण गरिएको पश्चिम नेपालकै अत्याधुनिक बसपार्क उदघाटन भएको ४० दिनपछि शुक्रबारदेखि सञ्चालनमा आएको छ । ३० करोड ६२ लाख रुपियाँको लागतमा निर्माण गरिएको सो बसपार्कको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गत असार २४ गते उदघाटन गरेका थिए । बसपार्कभित्रका धेरै संरचनाहरु भाडामा लाग्न ढिला भएकाले उदघाटनको […]