आइतवार बाँकेमा ४ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १२ मंसिर २०७८, आईतवार १४:१०
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ३९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्याबमा २२ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ र बर्दियाका २ जना छन् । बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ६१ पुगेको छ ।

यस्तै आइतवार १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १०८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठुलो परिमाणको अवैध सामान बरामद

१२ मंसिर २०७८, आईतवार १४:१०
नेपालगञ्ज : सशस्त्र प्रहरीले ठुलो परिमाणको अवैध सामान बरामद गरेको छ । भन्सार छली गरेर ल्याइँदै गरिएको ठूलो परिमाणमा अवैध लत्ताकपडा नेपालगञ्जबाट बरामद गरिएको हो । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब भुपेन्द्र रोकायको नेतृत्वमा गएको टोलीले भारतबाट भन्सार छली गरेर नेपालगञ्ज १५ पिपराहवा […]

सम्बन्धित