पैसा नदिँदा बञ्चरोले हानेर आमाको हत्या

सदरलाइन संवाददाता १७ माघ २०७९, मंगलवार १२:५०
 

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका ६ मा सोमवार राती छोराले आमाको हत्या गरेका छन् । स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन् ।

वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमा ७१ वर्षीया लगनी थरुनीलाई बञ्चरो प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीरामले लगनीको ढाड र खुट्टामा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


बञ्चरो प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएको थियो । नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीले मंगलवार बिहान नै जंगलबाट पक्राउ गरेको जनाएको छ । उनी पहिले पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा शुरु गरियो ‘वाटर एटीएम’

१७ माघ २०७९, मंगलवार १२:५०
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले धित मर्ने गरी पानी पिउन सकिने जानकारी गराएका छन् । उनीजस्तै अन्य सर्वसाधारणले पनि वाटर एटीएमबाट तीनदेखि […]