सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालय सशस्त्र प्रहरी बल ४० नम्बर गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षक नवराज बोहोरा शुक्रवारदेखि नयाँ प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका छन् । सर्लाही १० नम्बर गणमा सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकारनाथ शुक्लाको सरुवा भएसँगै बोहोरा जिम्मेवारी सम्हालेका हुन् ।
नेपालगञ्ज ४० नम्बर गुल्ममा शुक्रवार नव आगन्तुक सशस्त्र प्रहरी नायब उपरीक्षक बोहोराको स्वागत र शुक्लाको एक कार्यक्रमका बीच बिदाई गरिएको हो । एक बर्षदेखि सशस्त्र प्रहरी बल बाँके ४० नम्बर गुल्ममा प्रमुख भएर कार्यभार सम्हालेका सशस्त्र प्रहरी नायब उपरीक्षक शुक्लाको सर्लाही सशस्त्र प्रहरी बल १० नम्बर गणमा सरुवा भएको छ भने बोहोरा सशस्त्र प्रहरी गुल्म कपिलवस्तुबाट आएका हुन् ।
