‘पदमुक्त भएपछि जनताबाट उठाएको करबाट सेवा सुविधा लिन हुन्न’

सदरलाइन संवाददाता ७ कार्तिक २०८१, बुधबार १३:१४
 

नेपालगञ्ज  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रबद्र्धन तथा भ्रष्टाचार नियन्त्रण गर्न आफैबाट सुरु गर्नुपर्ने बताएका छन ।

उनले बुधबार बिहान मुख्यमन्त्री कार्यालयले बाँकेको खजुरामा बाँके र बर्दियाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सञ्चारकर्मी सहभागी सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथीको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सो कुरा बताएका हुन ।

मुख्यमन्त्री आचार्यले त्यागको भावना बोकेर वर्तमान सरकार अघि बढेको कुरामा जोड दिदै भ्रष्टाचार नियन्त्रण सम्वन्धी पाँच वर्षे रणनीतिक योजनालाई कडाई पूर्वक कार्यान्वयन गरिने समेत दृढता व्यक्त गरे ।

उनले भने–‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ । त्यसको सुरुवात गरेका छौं । एक पटक मुख्यमन्त्री भएपछी, एक पटक सभामुख भएपछी पूर्व बिशिष्टको नाममा सेवा सुविधा दिने निर्णय थियो । म आइसकेपछी त्यो निर्णय उल्टायौं । त्यागको भावना बोकेर यो सरकार अगाडि आएको छ । पदबाट मुक्त भएपछि जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाए ।’

प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडि बढेको बताउदै मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिता लागु गरेर नयाँ सुरुवात गरेको समेत स्पष्ट पार्दै भने–‘मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिता लागु ग¥यौं । सुरुवात लुम्बिनीबाट भयो । यो कामले नयाँ सन्देश दिएको छ । फजुल खर्चलाई नियन्त्रण गर्न यस प्रकारको आचारसंहिताले नियन्त्रण गर्दछ ।’


उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्री तहबाट थालनी गरिएको जोड दिदै भने–‘मैले दसैं विदामा गाडी प्रयोग गर्न हुदैन भनेर चढिन् । मैलो त्यो गरिरहदा त्यहाँका जनप्रतिनिधिहरुलाई प्रेसर सृजना भयो । विवाह भोजमा सेतो नम्बर प्लेटका गाडी दौडाउन अलिकती नैतिक संकट बन्छ नी । एउटा व्यक्तिबाट सुरु गरेर सुशासन कायम गर्न सकिन्छ, सुधार्न सकिन्छ । म जनप्रतिनिधि साथिहरुलाई भन्न चाहन्छु व्यक्तिगत निमन्त्रणमा सरकारी गाडी न कुदाउनुस ।’

पाँच बर्षे रणनीतक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माण गर्ने बिषयाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै भ्रष्टाचार नियन्त्रणका लागी नैतिकता तथा सदाचारिता प्रवद्र्धनलाई पनि जोड दिइएको छ ।

व्यावसायिकता अभिवृद्वि, सार्वजनिक सेवा प्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा तथा कार्यान्वयन, पारदर्शिता, सामाजिक जवाफदेहीता तथा उत्तरदायित्व प्रवद्र्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्यांकन, समन्वय, सहकार्य तथा साझेदारीलाई बिषयगत क्षेत्रको रुपमा तोकिएको छ । यी बिषयगत क्षेत्रलाई आधार मानेर रणनीति र कार्यनीति प्रस्ताव गरिएको छ । सार्वजनिक प्रशासनका सबै क्षेत्रहरुमा नैतिकता प्रवद्र्धन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी रुपमा शासकीय क्रियाकलापहरु सञ्चालन गर्ने योजना बनाइएको छ ।

कर्मचारी तथा जनप्रतिनिधिहरुको पेशागत सक्षमता अभिवृद्विका कार्यक्रमहरु सञ्चालन गरिने, सार्वजनिक पदाधिकारीहरुको नेतृत्व क्षमता विकास गरिने, सार्वजनिक सेवालाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जवाफदेही तथा जनअपेक्षित वनाईने, सार्वजनिक गतिविधिहरुमा नागरिकको सहभागिता, सशक्तिकरण र स्वस्थ नियन्त्रण कायम गर्न कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

प्रमुख सचिव महादेव पन्थको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाँके र बर्दिया जिल्लाका प्रदेश सभा सदस्य, स्थानीयतह तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रदेश सचिव कृष्ण पौडेलले सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्बन्ीध पाँच बर्षे रणनीतिक कार्ययोजनाको प्रस्तुती गरेका थिए । प्रदेश सचिव ईश्वरराज पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपसचिव मोहन अर्यालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फोहोरमैला व्यवस्थापन कार्यविधि बनाएर कार्यन्वयनमा ल्याउने नगरप्रमुखको प्रतिबद्धता

७ कार्तिक २०८१, बुधबार १३:१४
दैलेख :  दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर प्रमु्ख गणेशकुमार शाहीले नगर क्षेत्रमा फोहोरमैला सम्बन्धी तत्काल कार्यविधि बनाई नगरपालिकामा रहेको फोहोर मैलाको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन । कर्णाली होटल एण्ड लज चामुण्डा विन्द्रासैनी–६ जम्बुकाँधले आयोजना गरेको फोहोर मैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा उनले यस्तो प्रतिवद्धता जनाएका हुन […]

सम्बन्धित