बाँके प्रहरी प्रमुखको धम्किपूर्ण व्यवहारप्रति बाँकेका पत्रकारको ध्यानाकर्षण

सदरलाइन संवाददाता २२ चैत्र २०८०, बिहीबार १९:४२
 

नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित हुने सदभाव दैनिक एवं सेतोखरी डटकम प्रकाशक सम्पादक तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका दामोदर भण्डारीलाई बाँके प्रहरी प्रमुख एस्पी सुभाषचन्द्र बोहोराले आफु बिरुद्ध समचार नलेख्ने दिएको धम्कीपूर्ण दवावका बिषयमा बिहीवार नेपालगञ्जमा पत्रकार सम्बद् संगठनहरुले गम्भीर ध्यानावर्षण भएको जनाएका छन ।

जिल्ला प्रहरी प्रमुख बोहराले भण्डारीलाई समाचार रोक्न दिएको अनुचित धम्कीपूर्ण दवावप्रति गम्भीर चासो र चिन्ता प्रकट गरेको गर्दै समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने पदमा रहेको व्यक्तिले प्रदर्शन गरेको व्यवहार सविधानप्रदत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी रहेको बैठकले ठहर गरेको छ ।


आकस्मिक बैठकले यो घटनालगायत पछिल्ला दिनमा राज्यका निकायबाट एकपछि अर्को गरी बाँकेमा पत्रकार एवं प्रेस स्वतन्त्रता माथि नियोजित तरिकाबाट प्रहार गर्ने गरी भइरहेका घटना रोक्न संयुक्तरुपमा प्रतिवादन गर्ने र निष्पक्ष एवं भयरहित तरिकाले पत्रकारिता गर्ने वातावरण निर्माणका लागि थप छलफल गरी धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ ।

छलफलमा महासंघ बाँकेका अध्यक्ष भण्डारी, महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष शुक्रऋणी चौलागाई, पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्व अध्यक्ष निरज गौतम, पूर्व अध्यक्ष रुद्र सुवेदी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य सहित अग्रज पत्रकार एवं महासंघका पदाधिकारी एवं सदस्यहरु सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा घाँसको बीउ उत्पादनमा घट्दै कृषकको आकर्षण

२२ चैत्र २०८०, बिहीबार १९:४२
  खजुरा (बाँके) : बाँकेमा वर्षौंदेखि व्यावसायिक रूपमा घाँसको बीउ उत्पादन गर्दै आएका किसानहरूमा पछिल्लो समय यो पेसाप्रति आकर्षण घट्दैगएको पाइएको छ । वर्षौंदेखि घाँसको बीउ उत्पादन गर्दै आएका खजुरा गाउँपालिका –५ उढरापुरका धनीराम यादवले पछिल्लो समयमा गाउँका किसानले व्यवसायिक घाँसको बिउ उत्पादन गर्न छोड्दै गएको बताए । उनले किसानलाई […]

सम्बन्धित