सदरलाइनडटकम,
कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका इञ्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने दुईजना शुक्रवार पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका ४ का अव्दुल देवान र कोहलपुर १२ का नवराज थापालाई शुक्रवार दिउँसो प्रहरी नायब उपरीक्षक सिंहको कार्यकक्षबाटै पक्राउ गरिएको हो ।
उनीहरु विहान प्रहरी नायब उपरीक्षक सिंहलाई फोन गरी दिउँसो भेट्न ईलाका प्रहरी कार्यालय पुगेका थिए । विहान कुनै सेवाग्राही होला भनेर कार्यालयमा भेट्न बोलाए, डिएसपी सिंहले भने,– उनीहरुले टेबुलमा पुगेर तपाईको एरियाबाट पनि गोरु जान्छन् भन्दै ५० हजार रुपयाँ निकालेर दिन खोजे । उनीहरुले बाँकेबाट दाङ हुँदै भारततर्फ गोरु तस्करीको सहजताका लागि घुस दिन खोजेको दावी प्रहरीको छ ।


