सदरलाइनडटकम,
दैलेख : दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एम्बुलेन्स बिहीवार बिहान गुराँस गाउँपालिका–४ लाठेमा दुर्घटना हुँदा एम्बुलेन्समा सवार शैनेश विष्टको मृत्यु भएको हो ।
दुर्घटनामा चालक गणेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । घाइतेको खड्कालाई उपचारका लागि सुर्खेत लगिएको छ । बा २ झ १७४० नम्बरको एम्बुलेन्स सडकबाट करीब डेढ सय मिटर तल खसेको छ । बिरामीलाई कालिकोटबाट सुर्खेत पुर्याएर फर्कँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


