सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल टाईगर स्पोर्टस् क्लवको आयोजनामा जेएमसी नेपाल टाइगर अन्तर स्कुल टि–२० क्रिकेट प्रतियोगिता नेपालगञ्जमा हुने भएको छ ।
विहिवार नेपालगन्जमा आयोजकले पत्रकार सम्मेलन गरी मंसिरको २१ गतेबाट शुरु हुने जानकारी दिईएको छ । प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहने बताईएको छ । प्रतियोगिताको विजेता बिद्यालयले ३० र उप विजेता टिमले १५ हजार प्राप्त गर्ने प्रतियोगिताको संयोजक मो. अव्रारार शेषले जानकारी दिए ।
प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, वेष्ट बलर, वेष्ट ब्याटस्म्यानले आकर्षक पुरष्कारको पाउने आयोजकका सदस्य शिद्धान्तराज शाहीले जाकारी दिए ।
प्रतियोगिता आयोजना गर्न करिव तीन लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । यस खाले प्रतियोगिताले भविष्यमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिईएको आयोजकका सदस्य इनामुद्धिन हल्वाईले जानकारी दिए । (फोटो ः सुनिल रेग्मी)
