कञ्चनपुरका कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १ मंसिर २०७७, सोमबार १४:४५
 

नेपालगञ्ज : कञ्चनपुरका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्युु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ५ का ७४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा सोमवार विहान मृत्यु भएको हो ।

उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापका विरामी थिए । स्वास्थ्यमा समस्या आएपछि कार्तिक २१ गते महाकाली अस्पतालमा भर्ना भएका उनमा २३ गते कोरोना पुष्टि भएको थियो ।


स्वास्थ्यमा सुधार नभएपछि कार्तिक २६ गते विहान उनलाई भेरी अस्पतालमा भर्ना गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

बाँकेमा मंगलवार ५६ जना घर फर्के

१ मंसिर २०७७, सोमबार १४:४५
नेपालगञ्ज : बाँकेमा मंगलवार ५६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३२ पुरुष र २४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय ७४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]