नेपालगञ्ज : हार्ने निश्चित भएपछि अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)को सातौ अधिवेशन रोक्ने हाँस्यास्पद निर्णयविरुद्ध चौतर्फी बिरोध भएको छ ।
अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर बिज्ञप्ति निकाल्दै अधिबेशन स्थगितको घोषणा गरेका थिए । निर्वाचन रोक्ने निर्णय गरेका अध्यक्ष र महासचिवको समूह समेत कमजोर प्यानल सहित निर्वाचनमा सहभागि छ ।
निर्वाचनमा सहभागि हुने भन्दै प्यानल घोषणा गरिसकेको समूहले मध्यरातमा अधिवेशन स्थगितको हाँस्यास्पद निर्णय गरेको छ । जसको कार्यसमितिका बहुमत पदाधिकारीले अधिबेशन नरोकिएको जानकारी गराएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)को सातौ अधिवेसनको पूर्व सन्ध्यामा मध्यरातमा अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाको नामवाट विज्ञप्ती जारी गरि अधिवेशन स्थगन गरिएको सूचना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
देशभरवाट सामुदायिक रेडियोका प्रतिनीधिहरु काठमाण्डौ आइसकेको अवस्थामा कपोलकल्पीत भ्रामक कारण देखाइ अधिवेशन स्थगन गर्ने दुस्प्रयास कुनै हालतमा पनि लोकतान्त्रीक समाजका लागि सह्य हुन सक्दैन । संस्थाको प्रतिष्ठा गरिमा समेतमा आँच आउने गरि गरिएको यस प्रकारको अवैधानीक कृयाकलाप कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।
अधिवेशनको नियमित कार्यक्रम तोकिएकै मिति, समय र स्थानमा सुचारु हुने भएकोले उक्त स्थगनको भ्रममा नपर्न यसै विज्ञप्ती मार्फत सवै सदस्य रेडियो स्टेशनका प्रतिनीधि ज्यूहरुलाई आह्वान गर्दछौं ।