सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौको गोंगबुबाट दुई दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको हत्या भएको छ । बालक कुँवरको शव म्हेपीमा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले बताए ।
स्वस्तिका त्रिवेणी गेष्ट हाउसबाटै मंगलवार साँझदेखि बेपत्ता भएका कुँवरको खोजीमा प्रहरी जुटेपनि सकुशल भेटाउन सकेन । स्वस्तिका गेष्ट हाउस बालकका बुवा प्रविण आफैले सञ्चालन गर्दै आएका छन् । परिवारले बालकको खोजतलाशका लागि महानगरीय प्रहरी प्रभाग गोंगबुमा निवेदन दिएका थिए ।
प्रयास टाउन प्लानिङको वेलमेण्ट इण्टरनेशनल स्कुलमा कक्षा १ मा अध्ययनरत थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेको छ । सार्की होटल सञ्चालक प्रविण कुँवरका सवारी चालक हुन् । घटनाबारे अनुसन्धान भईरहेको महाशाखा प्रमुख सिंहले बताउनुभयो ।
Next Post
१२ हजार किलो केराउको बारेमा राजस्वले छानविन गर्दै
१३ मंसिर २०७५, बिहीबार १७:५९
सम्बन्धित
-
२१ बैशाख २०७९, बुधबार १२:४०
निर्वाचन आचार संहिता पालनाको अवस्थाको बारेमा पत्रकारसंग छलफल
-
२४ कार्तिक २०७५, शनिबार १५:००
प्रहरी र जुवाडेबीच झडप, प्रहरी निरीक्षकसहित दुई घाइते
-
१३ माघ २०७४, शनिबार १२:४५
भेरी अञ्चल अस्पताल परिसरमा बृहद सरसफाई (फोटो फीचर)
-
१४ कार्तिक २०७८, आईतवार १९:३१
वीरेन्द्रनगर स्थित खाद्यको गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि
-
८ कार्तिक २०७९, मंगलवार १२:५०
कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
-
१४ फाल्गुन २०८०, सोमबार १५:२९
बाँकेमा आयुर्वेद उपचारमा आकर्षण